अन्नपूर्णबासीलाई प्रचण्डको निम्तो: ‘विकासका लिस्ट लिएर काठमाडौं आउनुस्’
पाेखरा | मंसिर २८, २०७९
कास्की: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्नपूर्ण गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधहरुलाई नयाँ सरकार बनेपछि काठमाडौमा निम्तो दिएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीलाई सम्बोधन गर्दै उनले नयाँ सरकारको नेतृत्व आफुले गर्न सक्ने बताउदै विकास योजनाका लागि निम्तो दिएका हुन् । ‘म अन्नपूर्ण गाउँपालिका तथा यो विद्यालयको प्राध्यापक, शिक्षक साथीहरु र अन्य जनप्रतिनिधिहरुलाई नयाँ सरकार बनिसकेपछि काठमाडौं आउन र यहाँको विकासका निम्ति लिस्ट बनाएर ल्याउन तपाइहरुलाई अनुरोध गर्न चाहान्छु, उनले भने ‘ताकी तपाइहरुले ल्याएको लिस्ट अनुसार मैले सहयोग गर्न सकुँ ।’
उनले अन्नपूर्ण गाउँपालिकाको फरक विकास निर्माण गर्ने प्रतिवद्धता समेत जनाए । ‘यो पटक मैले देशको नेतृत्व गर्ने अवसर पाउँदा अन्नपूर्णमा मैले हामी नरहदा पनि आउने पिढीले देख्ने, बुझ्ने र सिक्नेगरि विकासका केही परियोजनाहरु अगाडि बढाउने म तपाइहरुसमक्ष प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’
उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने समेत धारणा राखेका थिए ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

